२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

धुम्रपानका कारण कालो भएको ओठका लागि घरेलु उपायहरु

  • २०७७ फागुन २५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • फागुन २५, २०७७

    एजेन्सी : चुरोट, बिँडी जस्ता पदार्थहरु पिउनु स्वास्थ्यका लागि हानिकारक छ । यसको लतले शरीरमा विभिन्न अंगमा गम्भीर असर पनि पुर्याउँछ । धुम्रपानको लतले ओठ तथा दाँतहरुको रंग पनि परिवर्तन गराउँछ ।

    चुकन्दर
    चुकन्दर खाँदा शरीरमा रगतको मात्रा बढ्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । साथै, ओठलाई पनि गुलाबी बनाउँछ । धुम्रपानको कारण ओठ कालो भएमा चुन्दरको टुक्रा लिने र त्यसमा पेट्रोलियम जेली लगाएर ओठमा लगाउने गर्दा ओठ गुलाबी बन्दै जान्छ । 

    बेसार र दुध
    थोरै दुधमा बेसार मिसाएर ओठमा लगाउने र केही समय छोडिदिने । र त्यसपछि चिसो पानीले पखाल्ने गर्दा ओठ सफा हुँदै जान्छ । 

    कागती
    शरीरको सफाईका लागि कागती अत्यन्तै उपयोगी मानिन्छ । यसले कपालमा चाँया आउने समस्या पनि कम गर्छ । भने छालालाई सेतो पनि बनाउँछ । कागतीको सानो टुक्रा लिएर ओठमा लगाउने गर्दा ओठ पनि सफा हुन्छ । 

    एक चम्चा चिनीमा दुई थोपा कागतीको रस मिसाउने र ओठमा लगाउने गर्दा पनि ओठको समस्या समाधान हुन्छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस