२०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

  • २०७७ फागुन २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • फागुन २४, २०७७

    एजेन्सी : ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो।

    योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ। ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि गरिएको छ।

     योसँगै कुल संक्रमितको संख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ। दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो। यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस