२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

ओलीले अविश्वास प्रस्तावको बाटोमा जान बाध्य पार्नुभयो : प्रचण्ड ​

  • २०७७ फागुन २२, शनिबार मा प्रकाशित ४ साल अघि
  • फागुन २२, २०७७

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनापछि पनि राजीनामा नदिएर अविश्वासको प्रस्तावमा जान बाध्य बनाएको बताएका छन्। 

    सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो। तर, उहाँले अहिलेसम्म दिनुभएको छैन। अब दिनुभएन भने त हामी संविधान, संसद, कानुन नियमअनुसार जानुपर्ने हुन्छ।’ 

    उनले ओलीले राजीनामा नदिएको खण्डमा कानुनबमोजिम अविश्वासको प्रस्तावको बाटोमा जानुको विकल्प नभएको बताए। ‘उहाँले राजीनामा नदिएर त्यही बाध्य पार्नुभएको छ। त्यही बाटोमा जान्छौँ’, उनले भने।  

    अब प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल गरिरहेको बताए। ‘हामी सबै दलहरूसँग छलफलमा छौँ। सबै राजनीतिक दलहरु हिजो संसद् विघटनविरुद्ध आन्दोलन गर्नुभएको थियो’, उनले भने, ‘संसद विघटनलाई असंवैधानिक भएर आन्दोलनमा लाग्नुभएको सबै दलहरूसँग छलफल र सहकार्य हुन्छ।’ 

    उनले विधि संवत् रुपमा आफूलाई संसदीय दलको नेता चयन गरेको भएकाले यसलाई अवसर र चुनौतीको रुपमा लिएको समेत बताए। 

    आधिकारिक पार्टी र संसदीय दलको नेता आफू भएकाले केपी गुटको पछि नलाग्न आग्रह समेत गरे। ‘मुल पार्टी यही हो संसदीय दल पनि यही छ। आउने दिनमा सहज बनाउने हो भने उहाँले राजीनामा दिनुपर्थ्यो’, उनले भने, ‘संसद् पुनःस्थापनापछि १ सय १५ जनाको हस्ताक्षरसहित दलको नेता चयन भएको हुँ।’ 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस