२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

विश्व हात धुने दिवस मनाइयो

Thumbnail
  • २०७४ आश्विन २९, आईतबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति

    २९ असोज २०७४, सिन्धुपाल्चोक ।

    नवौं विश्व हात धुने दिवस ‘हाम्रो हात, हाम्रो भविश्य’ भन्ने नाराका साथ सिन्धुपाल्चोकमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

    यो अवसरमा युएसएआडी र सिमाभीको आर्थिक सहयोग एवम् सेवक नेपालको व्यवस्थापनमा जिल्लाको चौतारा साँचाचोकगढी नगरपालिका– ११ स्थित जनविकास मावि र वडा नं. १२ स्थित बच्छला देवी आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो ।

    र्यालीसहित गरिएको चेतनामूलक कार्यक्रममा सर्वसाधारणलाई साबुन पानीले हात धुन सिकाइएको सेवक नेपालको सफा पानी कार्यक्रमकी सुसाशन तथा क्षमता विकास अधिकृत सरिता अधिकारीले जानकारी दिईन् । त्यस्तै सेवक नेपालले कार्यक्रम कार्यान्वयन भएका विभिन्न स्थानमा पनि कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिईन् ।

    विश्व हात धुने दिवसमा सहभागि हुँदै विद्यार्थीहरु ।

    राम्रोसँग साबुन पानीले हात धोएमा झाडापखाला, श्वासप्रश्वास सम्बन्धी संक्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्याबाट ४० प्रतिशत बच्न सकिने चिसकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार विद्यालयमा साबुन पानीको व्यवस्था गरी विद्यार्थीलाई नियमित हात धुने बानी सिकाए ५० प्रतिशत सरुवा रोगबाट बचाउन सकिन्छ ।

    हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस