फागुन २०, २०७७
चौतारा : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर कस्नेतले कोराना संक्रमणमा र विपत्तिमा अग्रपंक्तिमा जोखिम मोलेर खटिएका विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गर्ने भएका छन्। यही २३ गते सुकुटेमा एक कार्यक्रम गरेर सम्मान गर्न लागेका हुन्।
कोरोना भाइरस र प्राकृति प्रकोपमा परेको सिन्धुवासीलाई स्वास्थपोचार, स्वास्थ सामाग्री, खाद्यान्न लत्ताकपडा, त्रीपाल लगायत आश्यक सामाग्री वितरणमा खटिने नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुहरुसमेत समानित हुन लागेको छन्।
साथै यस विपत्तिमा खटिने विभिन्न संघसंस्था, सञ्चारकर्मीलाई समेत सम्मान गरिने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस