२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

अनियमिततामा मुछिदै समन्वय प्रमुख, सरकारी स्रोत व्यक्तिगत स्वार्थमा प्रयोग !

  • २०७७ फागुन १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • फागुन १८, २०७७

    चौतारा : राष्ट्रय जनवायु सम्मेलनको नाममा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। जिल्ला समन्वय प्रमुख कृष्णगोेपाल तामाङले आर्थिक अनियमितता गरेको भन्दै आयोगमा उजुरी दर्ता भएको हो।

    ०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको प्रथम जलवायु सम्मेलनमा आर्थिक अनियमितता भएको उजुरीमा उल्लेख छ। सम्मेलन भएको बषौँ बितिसक्दा समेत अझै स्पष्ट हिसाबकिताव नबुझाएको भन्दै यही फागुन १४ गते अख्तियारमा उजुरी दर्ता भएको छ।

    सम्मेलनको जिल्ला समन्वय समितिका प्रमुख तामाङले उपप्रमुख बालकुमारी सापकोटालाई समेत बाइपास गरेर उनको विश्वासपात्र समन्वय समिती सदस्य सकुन्तला माझीलाई आर्थिक व्यवस्थापनको जिम्मा लिएका थिए। तर, अहिलेसम्म आर्थिक हिसावकिताव चुस्त नबनाएको आरोप छ।

    त्यसो त आर्थिक अनियमितता भएको भन्दै अख्तियारसम्म उजुरी पुग्दा समेत प्रमुख तामाङले अहिलेसम्म आधिकारिक रुपमा मुख खोलेका छैनन्।

    प्रमुख तामाङविरुद्ध अख्तियारमा अ– ०२५४८० नम्बरमा उजुरी दर्ता भएको छ। समन्वय समितिको अनियमितता र जयवायु सम्मेलनको हिसावकितावको फरक फरक उजुरीमा उल्लेख गरिएको छ। जलवायु सम्मेलनको सहआयोजक मध्ये एक संस्था र समन्वय समितिका कर्मचारीले भिन्दाभिन्दै उजुरी दर्ता गराईएका छन्।

    सम्मेलनमा देशभरका जिल्ला समन्वयका प्रमुखहरुको सहभागिता रहेको सम्मेलनमा प्रत्येक जिल्ला समन्वय समितिबाट रकम संकलन पनि गरिएको थियो। स्थानीय सहआयोजकले पनि लाखौं रुपैयाँ आयोजकलाई दिएका थिए। भने जिल्लाका क्रसर व्यवसायीले पनि लाखौं रुपैयाँ सहयोग गरेका थिए।

    समन्वय समितीले जलवायु सम्मेलनको नाममा हरेक बर्ष लाखौँ रकम सक्ने गरेको छ।

    उजुरीमा के छ?

    समन्वय प्रमुखले आफ्नो पदीय हैसियत र संस्थाको दुरुपयोग गरी प्राकृतिक स्रोत र साधनमा तथा कार्यालयका विकास निर्माण, यातायता इन्धन जस्तैः जिल्लामा संचालित बालुवा तथा गिट्टी उत्यादन तथा प्रशोधन गर्ने क्षेत्रमा उठ्नु पर्ने राजस्व पूर्ण रुपमा नउठाई व्यक्तिगत रुपमा आम्दानी हुने काम गरेको आयोगमा दर्ता भएको उजुरीमा दाबी गरिएको छ।

    पदीय हैसियतको दुरुपयोग गरी नीजि आम्दानीको रुपमा रकम जम्मा गर्ने तथा विभिन्न किसिमका कारबाहीका नाममा व्यक्तिगत रुपमा पैसा जम्मा गर्न लगाउने त्यसैगरी कार्यालयका विकास निर्माणमा तेस्रो पक्षलाई ठेक्का दिई ठेकेदारले भवन हस्तान्तरण नगर्दै जिल्ला समन्वय समितिको प्रमुखको हैसियतमा भवनको नाममा मर्मत तथा विविध शिर्ष राखी रकम झिकी व्यक्तिगत रुपमा प्रयोग गर्ने गरेको समेत खुलाइएको छ।

    सरकारी स्रोत साधनको दुरुपयोग गर्दै समन्वय समितिले हेर्ने हरेक क्षेत्रमा उठ्नु पर्ने राजस्व सरकारी खातामा दाखिला नगरी व्यक्तिगत फाईदाको लागि प्रयोग गरेको समेत दाबी गरिएकोे छ। सार्वजनिक खरिद ऐन बमोजिमका कामहरु व्यक्तिगत रुपमा आफ्ना मानिसहरुलाई एकलौटी गर्ने गरेको समेत उजुरीमा उल्लेख छ।

    प्रमुख तामाङले यसअघि पनि जिल्लामा सञ्चालित अवैध क्रसरसँग मोेटो रकम बुझेर प्रहरीबाट पक्राउ परेको टिफरहरुलाई राजस्व छली गर्दै छाडेका थिए। त्यस बिषयमा पनि खबरज्योती अनलाईनले प्रमाणसहित प्रकाशित गरेपछि त्यसको कुनै जवाफ समेत दिन सकेका थिएनन्।

    हिनामिना नगरेको दाबी

    समन्वय प्रमुख तामाङले राजनीतिक प्रतिशोधको कारणले अहिले अख्तियारमा उजुरी दर्ता भएको बताउँछन्।

    ‘अहिलेको कुरा होइन, उहाँहरुलाई चित्त नबुझेको भए त्यही बेलामा कुरा राख्न सक्नुहुन्थ्यो। तर, अहिले केही व्यक्तिले प्रतिशोधको कारणले उजुरी दिएको छन’ उनले भने।

    अख्तियारमा नाम नखुलाउने शर्तमा उजुरी दिन मिल्ने भएकाले कसले दर्ता गराएको भन्ने अहिलेसम्म नखुलेको उनले सुनाए।

    यस्तै, सम्मेलनको आर्थिक व्यवस्थापनको संयोजन गरेकी माझीले पनि आफूहरुले एक रुपैयाँ पनि हिनामिना नगरेको दाबी गर्छिन्।’ हामीले एक रुपैयाँ पनि हिनामिना गरेका छैनौँ। त्यही बेलामा सबै हिबाव बुझाएको हौँ’ उनले भनिन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस