२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोकबाट एक बर्षमै १ अर्बभन्दा धेरैको आलु बिक्री

  • २०७७ फागुन १४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • फागुन १४, २०७७

    चौतारा : सिन्धुपाल्चोक जिल्लाबाट एक बर्षमै कृषकहरूले १ अर्ब ५२ करोड भन्दा धेरैको आलुु बिक्रि गरेका छन्। काभ्रेस्थित कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै ८४ हजार ९ सय ३० टन आलु उत्पादन गरेका हुन्।

    गत आवमा वर्षे र हिउँदे सिजनमा गरी जिल्लाभर २ अर्ब ५४ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पुजन जंगमले बताए। यसबर्ष महँगो बीउ र सिँचाइको कमीले उत्पादनमा केही कमी हुने अनुमान गरेको उनको भनाई छ।

    प्रत्येक वर्ष जति उत्पादन भए पनि ६० प्रतिशत मात्रै बिक्रीमा जाने उनले बताए। जिल्लाभर हिउँदे र वर्षे गरी ८ हजार ५ सय ५० हेक्टरमा आलु खेती गरिएको बताए ।

    ज्ञान केन्द्रका अनुसार वर्षे आलु २८ र हिउँदे आलु ६० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ । विभिन्न संघसंस्था र स्थानीय तहले कृषि उत्पादनलाई अभियानका रूपमा सघाएपछि व्यावसायिक रूपमा आलु लगाउने कृषक बढ्दै छन् ।

    जिल्लाको लिसंखुको मुडेको आलु बजारमा प्रतिकिलो ६० रुपैयाँसम्म बिक्री हुन्छ । यहाँ उत्पादित आलुको मुख्य बजार काठमाडौंलगायत सहर हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस