२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

१४ वर्षीय किशोरमाथि एकै दिन चार बालिका बलात्कारको आरोप

  • २०७७ फागुन १४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • फागुन १४, २०७७

    काठमाडौं : १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

    आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाएका थिए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

    पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस