२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

‘ओलीले बोलाएको बैठकमा प्रचण्ड-माधव पक्ष आए पार्टी एकता हुनसक्छ’

  • २०७७ फागुन १३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • फागुन १३, २०७७

    चौतारा : प्रचण्ड-माधव पक्ष छाडेर केपी ओली पक्षमा लागेका नेकपा नेता एवम् पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सर्वोच्चको फैसलाले आफूहरुलाई अब दुई वर्ष पार्टी अझ बलियो बनाउने अवसर मिलेको टिप्पणी गरेका छन् ।

    ओलीपक्षीय युवासंघको बैठकलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै युवा संघका पूर्वउपाध्यक्ष समेत रहेका तामाङले भने, ‘यसको ठीक उल्टो फैसला आएको भए शायद आज उहाँहरूले आगो बालिरहनुभएको हुन्थ्यो । तर, हामी संयमित छौं र दुई वर्ष संगठन गर्ने अवसर पाएका छौं ।’

    तामाङले अदालत र संवैधानिक निकायका निर्णयले राजनीतिक पार्टी नबन्ने भन्दै विचारका आधारमा अघि बढ्ने बताए । उनले अझै पनि केपी ओली प्रथम अध्यक्ष भएकाले ओलीले बोलाएको बैठकमा प्रचण्ड-माधव पक्ष सहभागी भएमा पार्टी एकता हुनसक्ने दाबी गरे ।

    उनले आफू अवसर र पदका लागि ओली पक्षमा नलागेको र अदालतको फैसलाबाट निराश हुनुपर्ने अवस्था नभएको समेत बताए । भेलालाई सम्बोधन गर्दै अर्का नेता महेश बस्नेतले खेल भर्खर शुरू भएकोले अझै नेकपा विभाजनलाई रोक्न सकिने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस