२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पत्थरी हटाउन करेलाको रस

  • २०७७ फागुन १२, बुधबार मा प्रकाशित ३ साल अघि
  • फागन १२, २०७७

    एजेन्सी : शरीरमा आउने विभिन्न सानादेखि ठूला समस्याको समाधानका लागि करेलाको सेवन उपयुक्त हुन्छ ।

    पेटसम्बन्धी समस्याबाट टाढा रहनका लागि करेला लाभदायक मानिन्छ । करेलाको पात, करेलाको बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । 

    घाउ लागेमा वा शरीरमा अनावश्यक फोका आएमा करेलाको जरा पिसेर लगाउँदा निको हुन्छ । यदि यस्तो अवस्थामा करेलाको जरा भेटिएन भने करेलाको पात पिसेर घाउँ भएको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ भने घाउ पनि छिट्टै निको हुन्छ । 

    पत्थरीको समस्या भएमा करेलाको रस सेवन गर्नुपर्छ । यसले पत्थरी निकाल्न मद्दत गर्छ । ताजा करेलाको सेवनले पत्थरीको समस्यामा राहत दिन्छ ।

    कानको दुखाइमा करेलाको रस निकालेर ४ थोपा हाल्दा कान दुख्ने समस्या कम हुन्छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस