२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

जुरे पहिरोपीडितको तीन हप्ते अल्टिमेटम, सिंहदरबार घेर्ने चेतावनी

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ३ साल अघि
  • फागुन ११, २०७७

    चौतारा : जुरे पहिरो पीडित दाताबाट संकलीत राहतको रकम लिनको लागि सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन्। राहतको रकम माग्दै शनिबार काठमाडौंको माइतीघरमा धर्ना बसेका पीडितहरुले तीन हप्ते अल्टिमेटम दिएका हुन्।

    पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत माइतीघरमा धर्ना बसेको बलेफि गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।

    ‘हामीले शान्तिपूर्ण रुपमा धर्ना बसेर पीडितको रकमलाई लागि सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छौँ’ उनले भने, ‘अब पनि प्रधानमन्त्री र गृहमन्त्रीले चाहेमा सहजै हुने कुरामाा आलटाल गरे जिल्लाबासी लिएर सिंहदारबार घेर्न जान्छौँ।’

    उनले प्रधानमन्त्री र गृहमन्त्रीको वेवास्ताको कारणले पहिरो गएको ७ बर्ष बितिसक्दा समेत दाताले दिएको रकम पीडितले नपाएको बताए।

    साविकको राम्चे गाउँ विकास समितिमा २०७१ साउन १७ गते राति इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा ठुलो मानवीय र भौतिक क्षती भएको थियो। पहिरोमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए।

    पीडितहरुलाई त्यतिबेला स्वदेश र विदेशबाट सहयोगी दाताहरुले तत्कालिन जिल्ला दैवीप्रकोप उद्धार समितिको कोषमा सहयोग रकम जम्मा गरेका थिए। २ करोड २४ लाख रुपैयाँ जुरे पहिरो पीडितहरूको लागि सहयोग जुटेपनि त्यो रकम अहिलेसम्म पीडितहरुले पाउन सकेका छैनन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस