२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बस्ती स्थानान्तरणमा ढिलासुस्ती, भौगर्भिक अध्ययन समेत भएन

  • २०७७ फागुन ९, आईतबार मा प्रकाशित ३ साल अघि
  • फागुन ९, २०७७

    चौतारा : बाढी र पहिरोको सबैभन्दा बढि जोखिम रहेकाहरुलाई स्थानान्तरणमा सरकारले ढिलासुस्ती गरेको छ। बर्षायामको सुरु हुन लाग्दा समेत सिन्धुपाल्चोक जिल्लाका जोखिममा रहेको बस्ती स्थानान्तरणमा सरकारी ढिलासुस्ती भएको हो।

    सिन्धुपाल्चोकमा यहिबर्ष मात्रै बाढी पहिरोका कारण ७२ जनाको मृत्यु भयो भने ३३ जनाको अझै पत्तो लागेको छैन। बर्षेनीहुने मानवीय क्षति देखेर पनि स्थानीय सरकार विपदपुर्वको तयारी गर्ने तथा जोखिममा रहेको बस्ती स्थानान्तरण गर्ने काममा भने सक्रिय भएको छैन ।

    भोटेकोसि गाउँपालिकाको लार्चा रहेका घरको आधा भाग खोलामा आएको बाढीले तानेको छ। घरमाथि वढेमाका खस्न ठिक्क परेका ढुङ्गा र चिरा, चिरा परेर धाँजा फाटेको जमिन छ ।

    वर्खामासकोे ३ महिना ज्यान जोगाउन थाकथलो छोडेर तातोपानी भन्सार कार्यलयमा बसेका स्थानीय कुनै विकल्प नभएपछि अहिले फेरी पुरानै थलोमा फकिएका छन् । पहिरोबाट बल्लतल्ल ज्यान जोगाका स्थानीयलाइ सरकारले सुरक्षित स्थानमा लान्छ कि भन्ने आसा थियो ।

    तर डरै डरमा फेरि उहि ठाउँमा बस्नुपरेको स्थानीय नोर्साङ तामाङको गुनासो गरे। यहि ठाउमा बस्नुपर्दा बाचीने मरीने ठेगान छैन। आफुलाई केहि भईहालेमा साना छोराछोरीको के होला भन्ने चिन्ताले भित्र भित्र पोल्नेगर्छ उनले भने।

    पुनःनिर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययन अनुसार सिन्धुपाल्चोकमा २ सय ४२ बस्ती बाढी पहिराको जोखिममा रहेको छ। स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी कार्यविधि तयार पारिएको छ।

    कार्यविधि अनुसार विपद् व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन् भने प्राधिकरणले आवश्यक समन्वय गर्ने भनिएको छ । तर, जोखिमका रहेका बस्तीको भौगर्विक अध्यन समेत हुन नसकेको भोटेकोसि गाउँपालिका अध्यक्ष राजकुमार पौडेल बताउँछन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेल पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने बताए।

    जुगल गाउँपालिका बाहेक अरु जोखिममा रहेको बस्तीको भौगर्विक अध्यन हुन सकेको छैन । जोखिममा रहेका बस्तीका परिवार बर्खा लाग्नु अगाबै सुरक्षित ठाउँमा जान चाहन्छन्। तर,स्थानान्तरणको काममा ढिलासुस्ती हुदा अर्को वर्खामा फेरी मानवीय क्षति हुने खतरा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस