२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

ईश्वरका चार कविता

Thumbnail
  • २०७४ आश्विन २८, शनिबार मा प्रकाशित ७ साल अघि
    • ईश्वर थोकर

    १. मानसिक वार्डबाट
    मेरो एउटा
    कुकुर साथी थियो
    निक्खुर
    कालो
    मन्दिरमा
    भेटेको
    केही दिनअघि मात्रै केही मान्छेहरुले
    समाएर मलाई
    एम्बुलेन्समा राख्दै थिए
    उसको आँखामा
    अचानक मैले
    आँसु देखेँ ।
    000

    २. मेरो बाल्यकाल
    क्याफे न्यातपोल सामुन्ने
    एउटा बुढो कीलामा
    स्कुल बस
    नआउन्जेलसम्म
    झुण्ड्याईरहन्थें – रातो तुम्लेट

    जब, बस आउँथ्यो –
    स्कुल बस
    खोलेर सुटुक्क सुकुलढोका
    र लगत्तै
    गुड्थें म
    सिङ्गो बाल्यकाल बोकेर ।
    000

    ३. प्रेमिकासँग
    एउटा
    गीत लेखें

    विषय–
    तिमी बसेको आँखीझ्याल
    000

    ४. सम्झना – १
    मलाई मनपर्छ –
    ‘राजमती कुमती।।।’
    स–साना घोडा माथी चढेर
    गाउँथें म यहि गीत
    स्कुल छुट्टीका दिन् ।
    000

    २८ असोज २०७४ गते प्रकाशित

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस