२०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

भारतको राजस्थान बत्ती गए उपभोक्ताले क्षतिपूर्ति पाउने

  • २०७७ फागुन ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • फागुन ८, २०७७

    एजेन्सी : राजस्थान भारतको यस्तो पहिलो राज्य बनेको छ जहाँ बिजुली नआए क्षतिपूर्ति दिइनेछ।

    यदि ठूला शहरहरूमा दुई घण्टा, साना सहरहरूमा चार घण्टा र गाउँहरूमा आठ घण्टाभन्दा बढी बिजुली गए राज्य सरकार र निजी बिजुली कम्पनीहरूले त्यसको  क्षतिपूर्ति ग्राहकलाई तिर्नेछ।

    वास्तवमा यो कदम राम्रो बिजुली आपूर्ति सुनिश्चित गर्नकाल लागि लिइएको राजस्थान सरकारले बताएको छ। राज्यका जयपुर, जोधपुर र अजमेरमा रहेका निजी बिजुली कम्पनीले उपभोक्तालाई क्षतिपूर्ति तिर्नु पर्नेछ।

    राजस्थान विद्युत नियामक आयोग (आरइआरसी) ले शुक्रबार विद्युत् नियमन दक्षता नियम नियमनको मानक प्रक्रिया अर्थात् एसओपी जारी गरेको छ। जसमा यस्तो नियम बनाइएको छ। 

    क्षतिपूर्ति र अपिल गर्नुनपर्ने  

    राज्यका विद्युत् उपभोक्ताहरूले थप बिजुली काटिएको खण्डमा क्षतिपूर्तिका लागि अपिल वा गुनासो गर्नुपर्ने छैन। सम्बन्धित बिजुली वितरण कम्पनीले बिलमा क्षतिपूर्ति तिर्नु पर्नेछ। मर्मतका लागि ७ घण्टाभन्दा बढी पावर कटौतीलाई अनुमति दिइनेछ। मर्मतको दिनमा पनि बेलुका ६ बजेसम्म बिजुली आपूर्ति पुनःस्थापित गर्नुपर्ने हुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस