२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

अदुवा हालेको चियाको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक

  • २०७७ फागुन ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • फागुन ४, २०७७

    एजेन्सी : अदुवा हालेको चिया लोकप्रिय छ । चिसो मौसममा धेरैजसो मानिसहरु अदुवा हालेको चिया पिउन मन पराउँछन् । तर अत्यधिक अदुवा हालेको चिया पिउँदा स्वास्थ्यका लागि नोक्सान पनि पुर्याउँन सक्छ ।

    पखाला 
    अदुवा हालेको चिया अत्यधिक पिउँदा पखाला लाग्ने खतरा बढ्छ । अदुवाले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र बेचैनी पैदा गराउँछ ।

    उच्च रक्तचाप
    जो व्यक्तिमा उच्च रक्तचापको समस्या छ त्यस्ता व्यक्तिहरुले अदुवा हालेको चिया पिउनु फाइदाजनक हुन्छ । तर जो व्यक्तिको रक्तचाप सामान्य छ ती व्यक्तिका लागि अदुवा हालेको चियाले खासै फाइदा पुर्याउँदैन । यसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने गर्छ ।

    कपाल
    अत्यधिक अदुवा हालेको चिया पिउँदा कपाल झर्ने समस्या पैदा हुन्छ । अदुवामा हुने जिन्जरोल नामक तत्वले कपाल बढ्न रोक्न सक्छ ।

    जलन
    अदुवा हालेको चिया पिउँदा शरीरमा जलन उत्पन्न हुन्छ । अदुवामा हुने जिन्जरोलले पेटमा धेरै एसिड पैदा गर्छ र जलन पैदा हुन्छ ।

    निन्द्रा
    अदुवाको चियाले निन्द्रामा समस्या उत्पन्न हुन्छ । अदुवा हालेको चिया सुत्नुअघि पिउनु हुँदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस