२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सरकारविरुद्ध प्रचण्ड–माधव समूहले घोषणा गर्‍यो चौथो चरणका कार्यक्रम

  • २०७७ फागुन २, आईतबार मा प्रकाशित ३ साल अघि
  • फागुन २, २०७७

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड माधव समूहले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरेको हो। 

    फागुन ५ गतेदेखि फागुन २१ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

    ​गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ। 

    राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड–नेपाल समूहले सडक संघर्षमार्फत ओली समूह र सरकारको विरोध गर्दै आएको छ भने ओली समूह पनि शक्ति प्रदर्शन र आमसभामा उत्रिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस