२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

साँगाचोकमा सोनाम ल्होसारको अवसरमा जे देखियो (फोटो फिचर)

  • २०७७ फागुन १, शनिबार मा प्रकाशित ३ साल अघि
  • फागुन १, २०७७

    चौतारा : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व शुक्रबार विविध कार्यक्रम आयोजना गरी मनाएका छन।

    ल्होसारको अवसरमा साँगाचोकमा विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाएका छन्। मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८५७औँ वर्ष शुरु हुन्छ।

    मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।

    मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

    ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पा बताउँछन्। यस वर्ष शुक्रबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा समेत दिइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस