२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

भारतले विश्वभर दुई करोड २२ लाख डोज खोप दियो

  • २०७७ फागुन १, शनिबार मा प्रकाशित ३ साल अघि
  • फागुन १, २०७७

    एजेन्सी : कोरोना भाइरसविरुद्ध खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाख डोजभन्दा बढी खोप प्रदान गरेको छ।

    भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारीमा भनिएको छ –भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ।

    विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोबारसहित प्रदान गरिएको हो।

    माग गर्ने अन्य देशलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए। भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्विपलगायत क्षेत्रका देशलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ।

    भारतमा कोरोना भाइरसविरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो। यो खोप विश्वमा धेरै प्रयोग भएका खोपमध्येमा पर्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस