२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

प्रचण्डको चेतावनी : निर्वाचन आयोगले राम्रो लक्षण देखाएको छैन, सजिलो नठान्‍नू

  • २०७७ माघ २९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • माघ २९, २०७७

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।

    काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘ओलीलाई जनताले अलिकति ठाउँ दिन्छन्। तपाई राजीनामा दिएर वक्तव्य निकाल्नुहोस्।’

    ओलीले बनाएको दुई मन्त्री फर्किनका लागि आफूसँग वार्ता गरिरहेको बताए। जनताको जीवनस्तर विकास गर्नका लागि अहिलेको लडाइँ गरिरहेको बताए। 

    ‘हामीलाई पद र कुर्सीका लागि लडेका होइनौँ। हामीलाई नेपाली जनताको हक अधिकार चाहिएको हो’ उनले भने, ‘हाम्रो प्रतिबद्धता पूरा गर्नका लागि केपी ओलीले समस्या पारे। त्यसैले हामीले त्यस विरुद्ध लडिरहेका छौँ।’

    देशलाई समृद्ध बनाउन बाहेक अरु कुनै सपना नभएको बताए। उनले आफ्नो बाँकी जीवन जनताको पक्षमा समर्पित गर्ने प्रतिबद्धता गरे। ‘ओली निर्वाचन आयोगलाई धम्काएछन्। त्यसैले हाम्रो बहुमत हुदा समेत निर्वाचन आयोगले राम्रो लक्षण देखाएको छैन। कसैले सजिलो नठाने हुन्छ’  उनले भने, ‘निर्वाचन आयोगले खुट्टी हेरे हुन्छ नेपाली जनताको के गर्न सक्छन् भन्ने।’ 

    संवैधानिक नियुक्ति भएकाहरुले काइते र ठगी धन्दाको पछि नलाग्न आग्रह गरेका छन्। उनले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति विश्वास भएकाले छिटो निर्णय गर्न आग्रह गरे। 

    ओलीको चुनावी नाटकको पछि नलाग्न आग्रह गरेका छन्। असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाले एकजुट भएर ओलीको कदमविरुद्ध लड्नुपर्ने बताए। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस