२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

‘कू’ का योजनाकार बर्मेली सैन्य अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

  • २०७७ माघ २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • माघ २९, २०७७

    एजेन्सी : सैनिक कू मा संलग्न बर्मेली सैन्य अधिकारीहरूमाथि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले बर्मामा सैन्य तख्तापलटमा सामेल सैन्य नेतृत्वविरुद्ध कारबाही छेडेका हुन्।

    सैन्य जनरललाई सत्ता छाड्न आग्रह गर्दै बाइडनले अमेरिकामा रहेको बर्माको सबै बैंक खाता र आर्थिक स्रोत बन्द गरिदिने निर्णय लिएका हुन्। 

    बाइडनले भनेका छन्, ‘बर्मामा सैन्य तख्तापलट गर्ने सैन्य नेतृत्वविरुद्ध तुरुन्त प्रतिबन्ध लगाउन मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, अब त्यहाँको सैन्य नेतृत्वसँग निकट र निजका परिवारजन पनि अमेरिकी प्रतिबन्धको दायरामा आउनेछन्।’

    प्रतिबन्ध कार्यान्वयन गर्नुअघि अमेरिकाले व्यक्ति नै किटान गर्ने बाइडनले बताएका छन्। 

    बर्माको सेनाको सेनाले गत साता सैनिक कू गर्दै त्यहाँको सत्ता आफ्नो नियन्त्रणमा लिएको छ। नेतृ आङ सान सुकीसहितका नेताहरू नजरबन्दमा परेका छन्।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस