२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कक्षा ११ र १२ को पाठ्यक्रमको समस्या समाधान

  • २०७७ माघ २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • माघ २३, २०७७

    काठमाडौं : पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन गरी गणित विषयलाई अनिवार्य गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गर्ने क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

    केन्द्रले सर्वोच्च अदालतको निर्देशात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई गणित पढ्ने अवसर उपलब्ध गराउन हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय वा गणित पढ्न पाउने व्यवस्था गरेको हो ।

    निर्णयमा अनिवार्य विषयका रूपमा गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय र अनिवार्य विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयको रूपमा गणित विषय अध्ययन गर्न सक्ने व्यवस्था गरेको छ ।

    निर्णयमा विषयगत प्रयोगात्मक पाठ्यघण्टा सम्बन्धित पाठ्यक्रमले निर्धारण गरेबमोजिम थप हुनसक्ने व्यवस्था गरेको छ ।

    निर्णयपछि मन्त्री श्रेष्ठले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै नमिलेका विषय र संरचनामा केही हेरफेर गरेको बताए। केन्द्रका महानिर्देशक केशव दाहालले अब पाठ्त्रयमको सबै समस्या समाधान भएको जनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस