२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बैशाखमा निर्वाचन हुदैन, आयोगको निर्णयपछि ओली एक्लिदै गइसके : योगेश भट्टराई

  • २०७७ माघ १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • माघ १९, २०७७

    चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बैशाखमा कुनैपनि हालतमा चुनाव नहुने दाबी गरेका छन्। प्रचण्ड माधव समुहको राष्टिय युवा संघ नेपाल पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीले आइतबार तिपेनीमा गरेको युवा भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।

    ‘केपी ओलीले सत्ता लम्ब्याउन निर्वाचनको नाटक गरिरहेका छन्। निर्वाचचन आयोगका केहि अधिकारीसँग भएको अनौपचारिक छलफलमा निर्वाचन भएपनि मंसिरमा हुन्छ। तर बैशाखको निर्वाचन कुनै पनि हालतमा नहुने संकेत पाएका छौँ’ उनले भने।

    केपी ओलीले बम्परमा बाँडेको केन्द्रिय सदस्य निर्वाचन आयोगले नमानेपछि ओली एक्लिदै गएको उनले बताए। नेकपा अहिले सम्म नफुटेको भन्दै आधिकारीक रुपमा ४४१ सहित केन्द्रय कमिटी सहितको बहुमत आफुहरुसंगै रहेकाले नेकपाको आधिकारिकता आफुहरु भएको दाबी गरे।

    खानेपानी मन्त्री मणी थापा माथी ईङगित गर्दै भट्टराईले बम्परमा पाएको पदले आफु कहाँ छु र के हो भन्ने समेत थाहा नभएकाले नेपाल सरकार र श्री ५ को सरकार समेत छुट्टाउन नसकेको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस