खबरज्योति
२६ असोज २०७४, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका भित्रका भूकम्प पीडितहरुको घरको नक्सा निःशुल्क बन्ने भएको छ ।
विल्ड चेन्ज नामक संस्थाले नगर भित्रका पीडितहरुको घरको नक्सा निःशुल्क बनाईदिने भएको नगर प्रमुख मेयर अमानसिं तमाङले बताए । उनले संस्थासँग नगरभित्रको पीडितको निःशुल्क नक्सा बनाउने सहमति भईसकेको जानकारी दिए ।
सो संस्थाले ढुङ्गा माटोको घर र पक्की घर दुबैको नक्सा बनाईदिने सहमति गरेको छ । नक्सा बनाउनको लागि भने नगरबासी साँगाचोक स्थित विल्ड चेन्जको कार्यालयमा जानुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस