२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आयाे’

  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • माघ १७, २०७७

    मेलम्ची : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।

    वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘संविधान बचाएर, संसद् पुनःस्थापन गरेर चुनावमा जाने हो,’ उनले भने, ‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ । कांग्रेस जे बोल्छ, त्यो गर्छ । कांग्रेसले संविधान बचाउँछ ।’

    उनले नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक ठहर गरेको भन्दै संसद् पुनःस्थापना नै कांग्रेसको गन्तव्य भएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस