२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चोकमा काेराेना विरुद्धकाे खाेप सुरु

  • २०७७ माघ १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • माघ १४ , २०७७
    चाैतारा : भारत सरकारले नेपाल सरकारलाई अनुदानको रुपमा दिएकाे कोरोना विरुद्धको भ्याक्सिन सिन्धुपाल्चोकमा पनि सुरु गरिएकाे छ । बुधबार स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरि २० जनालाई खाेप लगाइएकाे हाे ।

    काेराेना बिरुद्धकाे खाेप पहिलो चरणमा १ हजार ५ सय ८३ जनालाई लगाइने भएको छ । पहिलो चरणमा सरकारले तोकेको मापदण्डमा रहेर अग्रपंतिमा खटीने सुरक्षाकर्मी र श्वास्थ्यकर्मीहरुलाई यो खोप लगाउन लागिएको हो ।

    पहिलो चरणमा जिल्लामा रहेका श्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेवीका, एम्बुलेन्स चालक र शव व्यवस्थापनका लागि खटीने नेपाली सेनालाई यो खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाँईले बताए ।

    देशैभर आजबाट खोपको सुरुवात गर्ने नेपाल सरकारको नीति अनुसार आजबाट जिल्ला अस्पताल चौताराबाट खोप लगाउन सुरु गरिएकाे चापागाँईले बताए । सिन्धुपाल्चोकमा जिल्ला अस्पताल चौतारा र बाह्रबिसे प्राथमीक स्वास्थ्य केन्द्र, बाह्रविसेबाट खोप सेवा प्रदान गरिनेछ । त्यसको लागि आजै जिल्ला अस्पताल चौतारामा खोप प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई छोटो अवधीको तालिम सञ्चालन गरिएकाे छ । तालिम पश्चात चौतारामा आजैबाट र बाह्रविसेमा भोली १५ गतेबाटा खो लगाउन शुरु गरिनेछ ।

    खोप लिनको लागि जिल्ला कोभिड—१९ खोप व्यवस्थाापन समितीको निर्णय अनुसार तोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीहरुले तोकिएको मिति र स्थानमा सम्पर्क गर्नुपर्नेछ । स्थान आजै बस्ने समितिको वैठकले तय गरेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस