२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

प्रतिनिधिसभा विघटनपछि सिन्धुपाल्चोकमा निर्वाचनको तयारी तिव्र

  • २०७७ माघ १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • माघ १३, २०७७

    चौतारा : सरकारले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति तोकेपछि सिन्धुपाल्चोक जिल्लामा पनि निर्वाचनको तयारी थालिएको छ। आगामी बैशाखमा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेपछि सिन्धुपाल्चोकमा पनि तयारी थालिएको हो।

    निर्वाचन कार्यालयले मतदाता अद्यावधिक गर्न र मिति तोकिदिएसँगै कार्यालयले चुनाव तयारी गतिविधिलाई तीब्रता पाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०७८ बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेका छन्। उनले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्दै सबैलाई तयारी रहन निर्देशन समेत दिएका छन्।

    चुनावमा भाग लिनको लागि १५ गते देखि २१ गते सम्ममा आफ्नै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न कार्यालयले आह्वान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद गौतमले जानकारी दिए। अद्यावधिक कार्य पुस १६ गते बाट नै सुरु भइसकेकाले फागुन २१ सम्म जारी रहने उनले बताए।

    त्रुटि सच्याउने, विरोधमा उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका र नागरिता त्यागेकाको नाम हटाउन माघ १६ देखि १८ गते सम्म समय रहेको उनले बताए।

    सरकारले निर्वाचनको मिति तोके सँगै फोटो सहितको मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । निर्वाचन कार्यालयले फागुन २ गते जिल्लामा अद्यावधिक भएका सबै बिवरण निर्वाचन आयोगमा पठाउने गरी काम सुरु भएको उनले बताए।

    सरकारले घोषणा गरेको निर्वाचनको मिति ननिकिदै गर्दा नागरिक समाज, राजनीतिक दल र सञ्चार माध्यमलाई लोकतन्त्रको सवल पक्ष निर्वाचनलाई स्वच्छ बनाउनका लागि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आग्रह समेत गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस