खबरज्योति
२६ असोज २०७४, सिन्धुपाल्चोक ।
भोटेकोशी खोलामा माछा मार्न गएका चिनियाँ नागरिकलाई भोटेकोशी नदीले खोलाले बगाएको छ ।
मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई आइतबार साँझ माछा मार्न गएको अवस्तामा सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका– ५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
साथीसँगै माछा मार्न गएका मेन्गालाई अहिलेसम्म फेला पार्न नसकेको र खोजी भईरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दासहितको खोजीकार्यमा जुटेको प्रहरीले अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले बताए ।
प्रतिक्रिया दिनुहोस