२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बेवारिसे अवस्थामा भौँतारिरहेका दुई व्यक्तिको उद्धार

  • २०७७ माघ ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • माघ ९, २०७७

    चौतारा : बागमती प्रदेशलाई बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश बनाउने अभियान अन्तर्गत बेसहारा एवम् बेवारिसे दुई व्यक्तिलाई उद्धार गरिएको छ ।

    नाम वतन खुल्न नआएका अन्दाजी वर्ष ३५ को र अन्दाजी ३४ वर्षको दुई जनालाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट बुधवार उद्धार गरिएको हो ।

    स्थानीय समाजसेवी शहदेव खड्काले ती दुई व्यक्तिलाई बेवारिसे अवस्थामा भौँतारिरहेका देखेपछि बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश अभियानका सहजकर्ता अप्सरा पौडेललाई जानकारी गरेका थिए । जानकारी पाए लगत्तै सहजकर्ता पौडेलको पहलमा उद्धार गरी मानव सेवा आश्रम भक्तपुरमा सेवाका लागि पठाइएको छ ।

    प्रदेश सरकार र गैरसरकारी संस्थाको साझेदारीमा बागमती प्रदेशलाई सहयोगापेक्षी, बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश बनाउने उद्देश्यले सिन्धुपाल्चोकमा यो अभियान सञ्चालन भएपछि पाँच जना बेवारिसे, बेसहाराको उद्धार गरिसकेको सहजकर्ता पौडेलले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस