२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

५ महिनामा १० चाेरीका माेटरसाइकल प्रहरी नियन्त्रणमा

  • २०७७ माघ ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • माघ ७, २०७७

    चाैतारा : जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका विभिन्न स्थानबाट चाेरीका माेटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित ब्यक्तिलाइ जिम्मा लगाउने काम सुरु गरेकाे छ ।

    प्रहरीले ५ महिनाकाे बिचमा १० ओटा पल्सर बाइक नियन्त्रणमा लिएकाे छ । १० वटा मध्ये ४ वटा बाइक सम्बन्धित बाइक धनिलाइ जिम्मा लगाइएकाे जिल्ला प्रहरी कार्यालय प्रमुख राजन अधिकारीले जानकारी दिए ।

    काठमाडौंमा चाेरी भएका बाइकहरु भित्रने प्रमुख जिल्लाकाे रुपमा सिन्धुपाल्चोकलाई चिनिदै आएकाे छ । जिल्लाकाे दूर्गम भेगतिर प्राय जसाे चाेरिका बाइक गुड्ने गरेकाे पाइन्छ । प्रहरीले फेलापारेकाे चाेरीकाे सबै बाइकमा नक्कलि नम्बर लेखिएकाे र कुनै बाइककाे विलबुक समेत नक्कलि बनाएकाे पाइएकाे जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।

    २ बर्ष अगाडि काठमाडाैं तिनचुलिबाट हराएकाे आफ्नाे बाइक फिर्ता पाउँदा निकै खुसि लागेकाे रामेछापका तेम्बा शेर्पाले बताए । किनेकाे ४ महिना पछि बाइक हराएकाे र बाइककाे बिमा नभएकाले विमा दावि गर्न नपाएकाे उनिले बताए । प्रहरीले बाइक भेटेकाे खबर गरेपछि बाइक लिन सिन्धुपाल्चोक आइपुगेका तमाङ प्रहरीलाई धन्यवाद भन्दै फर्किएका थिए ।

    प्रहरीले १० वटा चाेरीकाे बाइक फेला पार्दा चाेरीमा संलग्न एक जनालाई मात्र पक्राउ गर्न सफल भएकाे छ । बाइक चाेरीमा संलग्न एक जनालाइ प्रहरी कार्यालय बाैधमा जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस