२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेकपा सिन्धुपाल्चोकले भन्यो : काठमाडौंमा हुने जनप्रदर्शनमा सहभागिता जनाऔँ

  • २०७७ माघ ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • माघ ६, २०७७

    चौतारा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले आयोजना गरेको जनप्रर्दशमा सहभागिता जनाउन जिल्ला कमिटीले आह्वान गरेको छ। सिन्धुपाल्चोक जिल्ला सचिव गोविन्द पराजुलीले जनप्रदर्शनमा सहभागिता जनाउन सबैलाई आह्वान गरेका छन्।

    माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विरुद्ध अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले काठमाडौंमा विशाल जनप्रदर्शन गर्दैछ।

    ‘माघ ९ गते केपी शार्मा ओलीको पश्चगामी, असंवैधानिक र अलोकतान्त्रीक कदमकोविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसद पुनःर्स्थापनाको पक्षमा हुन गएको विशाल जनप्रदर्शनमा पार्टीका नेता, कार्यकर्ता, समर्थक र आमजनसमुदायलाई सक्रिय सहभागिताका लागि हार्दिक अपिल गरिन्छ’ उनले भनेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस