माघ ३, २०७७
मेलम्ची : मेलम्ची अस्पताल प्रालि मेलम्चीको एम्बुलेन्स बिरामी घुमघाममा समेत प्रयोग गरिने गरिएको पाईएको छ। अस्पतालमा एउटा मात्रै रहेको एम्बुलेन्स स्वास्थ्य सेवाका काममा बाहेक घुमफिर र रमाइलोका लागिसमेत प्रयोग हुने गरेको पाईएको हो ।
स्थानीयका अनुसार बा ११ च ७३४९ नम्बरको एम्बुलेन्स शनिबार हेलम्बु गाउँपालिकामा विभिन्न स्थानमा घुमफिरका लागि प्रयोग गरिएको पाइएको हो।
५।६ जना सवार एम्बुलेन्स शनिबार पाल्चोक मन्दिर पुगेको स्रोतले जानकारी दियो। त्यसपश्चात् पश्चात् किउलमा रहेको भण्डारी रेन्बो ट्राउट रिसोर्टमा खाना नास्ता गर्दै एम्बुलेन्समा सवार व्यक्तिहरू फर्किएको किउलका स्थानीयले जानकारी दिए।
रिसोर्टमा उनीहरू करिब ३ घण्टा बसेका थिए ।
अस्पतालका प्रशासन ले घुमफिरका लागि एम्बुलेन्स प्रयोग नगरिने गरेको दाबी गरेको छ। घुमफिर क्रमबारे जानकारी गराएपछि मन्दिर दर्शनका लागि अस्पतालका कर्मचारीहरू गएको
अस्पतालले स्वीकार गरेको छ।
आजै अस्पतालको भवनको फोटो खिच्न गएका पत्रकार दिपिन ढुंगानामाथि अस्पतालमा दुर्व्यवहार समेत गरिएको छ। ढुंगानाले खिचेका फोटो डिलिट गरेपछि मात्रै उनीहरूले छाडेका थिए।
प्रतिक्रिया दिनुहोस