माघ ३, २०७७
चौतारा : नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभरका पालिकाहरूमा प्रदर्शन गर्न लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेयता सो कदमको विरोध गरिरहेको कांग्रेसले आज देशभरका सबै पालिकामा प्रदर्शन गर्न लागेको हो।
देशभर प्रदर्शन गर्न लागेपनि कांग्रेस अझै संसद् पुनस्स्थापना गर्नतर्फ लाग्ने या चुनावमा जाने भन्नेबारे दोधारमा छ।
पार्टी सभापति शेरबहादुर देउवा चुनावमा जान इच्छुक देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापनामा लाग्नुपर्ने अडान राखिरहेका छन्। कांग्रेसले यसअघि तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्नेछ।
यता, सिन्धुपाल्चोकका १२ स्थानीय तह पनि विभिन्न ठाउँमा विरोध कार्यक्रम तय भएको छ। इन्द्रावती गाउँपालिका नवलपुरमा हुने बिरोध प्रदर्शनलाई युवा नेता कांग्रेस केन्द्रिय सदस्य एवम् नेविसंघ पुर्व अध्यक्ष गुरुराज घिमिरेले सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस