माघ ३, २०७७
चौतारा : हेलम्बु गाउँपालिकामा स्वास्थ्य क्षेत्रको विकास गरेको छ। स्वास्थ्य क्षेत्रको विकास गरेसँगै बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या दिनानुदिन वृद्धि हुदै गएको छ।
आर्थिक वर्ष २०७४।७५ मा हेलम्बुका दुबै बर्थिङ सेन्टरमा गरि मात्र ५ जना आमाहरुले सुरक्षित प्रसुति सेवा लिएको इचोक स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरका प्रमुख विदुर ज्योतीले बताए।
आ.व. २०७५।७६ मा ७४ जना, २०७६।७७ मा १४७ जना र यो आर्थिक वर्षको पहिलो ६ महिनामै १२५ आमाहरुले प्रसुति सेवा लिईसकेका बताए।
गत वर्ष देखि शुरु भएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत ४ वटा स्वास्थ्य चौकिहरुमा भिडियो एक्सरे सेवा रुटिनमा संचालित रहेको छ भने इचोक स्वास्थ्य चौकिमा नियमित सन्चालनमा रहेको छ ।
सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरु मध्ये हेलम्बु गाउँपालिकाको इचोक स्वास्थ्य चौकी अघिल्लो आर्थिक वर्ष पनि सबै भन्दा बढी बच्चा जन्माउने र उत्कृष्ट स्वास्थ्य सेवा दिने संस्थाको रुपमा चिनिएको थियो ।
इचोक स्वास्थ्य चौकीमा एक सयौँ बच्चा जन्मिएको सोही अवसरमा अध्यक्ष शेर्पाले हेलम्बु बासीको स्वास्थ्यप्रति गाउँपालिका सदैव सजग रहेको बताए। आमा र बच्चाको स्वास्थ्यको पुर्ण सुरक्षाको प्रत्याभुत गराउन सकेमात्र समाज स्वस्थ्य हुने बताए।
गर्भवती महिलाले बच्चा जन्माउने बेला कुनै कारणबस काठमाडौँ पठाउनु परेमा एम्बुलेन्स सेवा फ्रि गरिएको छ भने स्वास्थ्य संस्थाबाट पाइदै आएको राहत रकममा गाउँपालिकाले थपेर दिने गरेको साथै आपतकालिन अबस्थामा हवाई उद्धार पनि गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस