पुष २४, २०७७
चौतारा : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यकर्ता भेलाले नेकपा जिल्ला अध्यक्ष झम्क नेपाललाई हटाएर बालकृष्ण देउजालाई संयोजक बनाएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित भएको भेलाले देउजा संयोजक र चन्द्र धिमालकोटीलाई सह सयोजक बनाएको हो।
यसअघि प्रचण्ड माधव समुहको भेलाले ओली समुहमा गएका दावा तामाङलाई हटाएको थियो। तामाङको स्थानमा गोविन्द पराजुलीलाई जिम्मेवारी दिएको छ।
ओलीपक्षको बिहिबार भएको भएको भेलाले साविकको १४५ जिल्ला सदस्य मा १ सय जना नया सदस्य थप गर्दे २४५ जिल्ला अधिबेशन आयोजक समिति गठन गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस