२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

खाडिचौरमा ओली पक्षको कार्यकर्ता भेला

  • २०७७ पौष २३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • पुष २३, २०७७
    चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले सिन्धुपाल्चोकको खाडिचौरमा कार्यकर्ता भेला गर्दैछ। बिहिबार दिउँसो उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यकर्ता भेलालाई सम्बोधन गर्दैछन्।

    भेलालाई पोखरेलसहित युवा तथा खेलकुद मन्त्री दावा लामा, बागतमी प्रदेशका अर्थ विकास समिती संयोजक सरेश नेपाललगायतका नेताहरुले पनि सम्बोधन गदैछन्।

    नेकपा अनौपचारिक विभाजन भएपछि प्रधानमन्त्री ओली र अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बेग्लाबेग्लै बैठक र भेला गरिरहेका छन्। पार्टी विभाजनपछि ओलीपक्ष चुनावमा केन्द्रीत भएको छ भने प्रचण्ड माधव पक्ष देशव्यापी रुपमा चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेर सडक संर्घषमा उत्रिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस