२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

भारतीय किसानसँग भएको आठौँ चरणको वार्ता पनि निस्कर्षविहीन

  • २०७७ पौष २१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • पुष २१, २०७७

    एजेन्सी : भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ।

    आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ। सोमबार विहान सुरु भएको वार्तामा दुवै पक्षले आ आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन्।

    वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीन ओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका थिए। वार्तामा सरकारको तर्फबाट मन्त्रीहरु नरेन्द्र सिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी भएका थिए।

    वार्तामा बसेका किसानका प्रतिनिधिहरुले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए। वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरु पुरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिए।

    भारतमा कृषिसम्वन्धी तीन ओटा कानून तत्काल फिर्ता हुनु पर्ने माग गर्दै किसानहरुले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस