पुष १६, २०७७
चौतारा : परिवारबाट बिछोडिएकी सिन्धुपाल्चोक घर बताउने ३५ वर्षीया पार्वती माझी अहिले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ साङकोषमा बस्दै आएकी छन्।
भुकम्पपछि मानसिक समस्या भोग्दै आएका माझी घरबाट हराएर ४ वर्षअघि धादिङको सडकमा आएकी छन्। धादिङबेसी बजारमा देखिँदा पार्वती माझी फोहोरको थुप्रोसुत्ने, जथाभावी हिड्नेर फोहोर टिपेरखाने अवस्थामा पुगेकी थिइन्।
बजारको चोक र चौतारोमा रात बिताउने पार्वती माझीलाई पुछारबजारमा होटल व्यवसाय गर्दै आउनु भएका कालीमायाँ श्रेष्ठले आफैँले पालेर राखिन्।
घरमा बन नमान्दा होटलको प्यासेजमा खाट ल्याएर राखेर औषधी उपचार गराइन्। हालसम्म पनि घरको वास्तविक ठेगाना बताउन नसक्ने भएकोले पारिवारको खोजी गर्न सकिएन । होटल छाडेर एउटा घरभाडामा बस्दा पनि आफूँसंगै राखि आएकोले आफूलाई समस्या परेको भएपनि समाधान नभएको संरक्षणकर्ता श्रेष्ठले बताइन्।
पहिले एकोहोरो टोलाउने, आफू कताबाट कसरी आएको बताउन नसक्ने अवस्थामा आइपुगेकी पार्वतीलाई औषधी उपचार समेत गर्दै आएपछि अहिले लाए अराएको काम गर्ने अवस्थामा छन् । नियमित औषधी सेवनले ठिक भएकी पार्वती माझी अब घर जान चाहान्छिन्। तर, उहाँको घर ठेगानार आफन्तबारे अझै जानकारी राख्न सकेको छैन ।
समाजका मानिसले नराम्रो दृष्ट्रिले हेरेपनि एक जना मानिसलाई बचाउन सकिएकोमा उनी खुसी त छिन् तर सधैँ आश्रय दिएर राख्न नसक्ने अवस्था आएको बताउछिन्। परिवारर आफन्तलेयति धेरैसमय किन नखोजेको भन्ने चिन्तासंगै मानविय धर्म गर्दा गर्दै पनि परिवारखोज्न नेपाली नागरिकहरुलाई कालिमायाँ श्रेष्ठ आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस