२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

द्वन्द्वकालमा विस्थापित भएको तालिम केन्द्र पुनस्थापना गर्दै शसस्त्र प्रहरी

  • २०७७ पौष १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • पुष १६, २०७७

    देवराज सुवेदी

    चौतारा : सिन्धुपाल्चोकको डाँडापाखरमा रहेको शसस्त्र प्रहरीको नाममा रहेको जमीन प्रयोगको पहल सुरु भएको छ । द्वन्द्वकालमा माओवादी आक्रमणमा परेपछि यहाँको तालिम केन्द्र बिस्थापन भएको थियो ।

    सुरक्षाको हिसावले पनि यस क्षेत्रमा आवश्यक रहेको सुरक्षानिकायको बिस्थापनपछि निक्कै समस्या भएको थियो । हाल यहाँका समाजसेवी दीपक भण्डारीको समन्वयमा शसस्त्र प्रहरीले यो जमिन पुनः प्रयोगका लागि गुरुयोजना निर्माण गर्न सुरु गरेको छ ।

    स्थानीय सरकारको प्रतिबद्धतापछि शसस्त्र प्रहरीको अतिरक्ति प्रहरी महानिरीक्षक रामशरण पौडेलको नेतृत्वमा गुरुयोजना निर्माणको काम सुरु भएको हो ।

    लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, यस क्षेत्रका प्रदेशसभा सदस्य शरेस नेपाल लगायत स्थानीय जनताले यो जमिन शसस्त्र प्रहरीले प्रयोग गरेर संरचना निर्माण गरे सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
    लिसंखुपाखर गाउँपालिका ७ मा रहेको झण्डै ५५ रोपनी जमिनमा सुरुमा जनपद प्रहरीको तालिम केन्द्र सञ्चालन भएको थियो । माओवादी आन्दोलन सुरु भएपछि यो जमिनमा शसस्त्र प्रहरीको युनिट बसेको थियो ।

    तर, सुरक्षाको दृष्टिले जोखिम बढेपछि यहाँबाट शसस्त्र प्रहरी बिस्थापन भएको थियो । शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा अतिरिक्त महानिरिक्षक रामशरण पौडेलले पनि बिगतमा यही तालिम गरेका थिए।

    अरनिको राजमार्ग अन्तर्गत खाडिचौर चरिकोट खण्डमा हुने सवारी दुर्घटनाका घाईतेलाई उद्धार गर्नका लागि पनि उद्धार युनिट आवश्यक भएका कारण यहाँ शसस्त्रलाई अनुरोध गरिएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस