२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बेसारको अत्यधिक सेवन यी व्यक्तिका लागि घातक

  • २०७७ पौष १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • पुष १५, २०७७

    एजेन्सी : बेसारको सेवन हितकारी मात्र होइन हानिकारक पनि हुन्छ । बेसारको सेवनले शरीरमा कैयन् फाइदाहरु गर्छ । तर केही व्यक्तिहरुका लागि यसको सेवन हानिकारक हुन्छ । केही व्यक्तिहरुले अत्यधिक बेसार सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न पनि सक्छ ।

    जण्डिस 
    जो व्यक्तिहरुलाई जण्डिसको समस्या देखिएको छ त्यस्ता व्यक्तिहरुले बेसारको सेवन गर्नुहुँदेन । जण्डिसमा बेसारको सेवन अत्यधिक हानिकारक हुन्छ । जण्डिस भएको समयमा बेसार सेवन गर्दा जण्डिस निको हुन मुश्किल हुन्छ । जण्डिस निको भएपछि भने डाक्टरको सल्लाहअनुसार बेसार सेवन गर्न सकिन्छ । 

    पथ्थरी
    यदि पथ्थरी भएको छ भने बेसारको सेवन गर्नुहुँदैन । विशेषगरी पित्ताशयमा पथ्थरी हुनेहरुले बेसार सेवन गर्दा पथ्थरी बढ्ने र यसले थप समस्या पैदा गर्न सक्छ । 

    रक्तस्रावमा समस्या 
    यदि रगत पातलो भएको छ भने शरीरभित्रको रगत बेसारको सेवनले झनै पातलो बनाइदिन्छ । जसले नाकबाट अचानक रगत बग्ने खतरा देखापर्छ । बेसारको सेवन कम मात्रामा तर नियमित गर्नुपर्छ किनकी बेसारले रगत बाक्लो हुने र जम्ने खतराबाट बचाउँछ ।

    गर्भवती महिलाका लागि 
    डाक्टरको सल्लाहअनुसार गर्भवती महिलाहरुमा रोग प्रतिरोधात्मक क्षमता तन्दुरुस्त राख्नका लागि बेसारको सेवन गर्नहुँदैन । किनकी बेसारले गर्मी पैदा गर्ने र गर्भपतन पनि हुन सक्ने तथा रक्तस्राव पनि धेरै हुन सक्ने जोखिम हुनसक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस