२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

पर्यटकीय नयाँ गन्तव्य : तिलमान र युवा पिक आरोहण

  • २०७७ पौष १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • पुष १५, २०७७
    चौतारा : पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएका अध्ययन टोलीलाई गाउँपालिकाले मंगलबार सम्मान गरेको छ । मंसिर २६ गते शुक्रबार १२ बजेर २६ मिनेटमा टोलीले सफलतापुर्वक युवा पिक आरोहण गरेको थियोे ।

    सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ सदस्यीय आरोहण दल र दुई जना माउन्टेन गाइडले ५ हजार ३ सय मिटरको पाँचपोखरी तिलमान पास पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिकको पहिलो पटक सफलताका साथ यात्रा पूरा गरेको हो ।

    मौसमले पूर्णरुपमा साथ दिएको र समूहका सबै सदस्यले यात्रा पूरा गरेको अध्ययन टोलीका संयोजक माया गुरुङले जानकारी दिइन्। गुरुङको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पा साथमा युवा नेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ का वडाध्यक्ष ङिमाछिरिङ तामाङसहित ८ जनाको टोलीले यात्रा पूरा गरेको हो ।

    काठमाडौंबाट नजिकै भएर पनि पर्यटन प्रबद्र्धनका हिसाबले पछि परेको भन्दै तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका लागि सहज बनाउन गाउँपालिकाले छिट्टै काम अगाडि बढाउने वडाध्यक्ष तामाङले बताए।

    अध्ययन भ्रमणले पाँचपोखरीलाई धार्मिक तथा सांस्कृतिक रूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष टासी लामा बताउछन्।

    गाईडले ५ हजार ३ सय मिटरको तिलमान पास पाँचपोखरी पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिकको पहिलो पटक सफलताका साथ यात्रा पुरा गरेको थियो।

    काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको तिलमान पास गन्तव्य पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगै जुगल गाउँपालिका र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको छ । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको सफलतापूर्वक आरोहणले यसलाई साहसिक पदमार्गका लागि महत्वपूर्ण मानिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस