२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

‘मौलिक चाडपर्वले एकता र भातृत्व कायम राख्न सहयोग पुग्छ’

  • २०७७ पौष १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • पुष १५, २०७७
    चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले मौलिक चाडपर्वले एकता र भातृत्व कायम राख्न सहयोग पुग्ने बताएका छन्। उधौली पर्व, धान्य पूर्णिमा, तमु ल्होसार, यःमरि पुन्हि र ज्यापू दिवसको अवसरमा शुभकामना दिदै सभामुख सापकोटाले यस्तो बताएका हुन्।

    उनले यी चाड पर्व मनाउनु हुने सबैमा शुभकामना समेत व्यक्त गरेका छन्। विविधताबीचको एकता नै नेपालको मौलिक विशेषता रहेको समेत बताएका छन्।

    ‘हाम्रा यस्ता मौलिक चाडपर्वले हामीबीच एकता र भातृत्व कायम राख्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छु’ उनले भनेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस