२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

संसद विघटनको विरुद्धमा युवा संघकाे मशाल जुलुस

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • पुस १३, २०७७
    चाैतारा : संसद विघटनको विराेध गर्दै नेकपाकाे युवा संघठन राष्ट्रिय युवासंघले सिन्धुपाल्चोक सदरमुकाम चाैतारामा मशाल जुलुस गरेकाे छ ।

    नेकपा भित्रकाे आन्तरिक कलहका कारण सरकारले काम गर्न नपाएकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डलले गरेकाे संसद विघटनको सिफारिसलाइ सदर गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले षाैस ५ गते संसद विघटनको निर्णय गरेकी थिइन् ।

    संसद विघटन भएसंगै नेकपा अनाैपचारीक रुपमा विभाजन भएकाे छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेकाे भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले ओलीकाे कदमकाे निरन्तर विराेध गर्दै आएका छन् ।

    पार्टी अनाैपचारीक विभावन भएपश्चचात दुबै पक्षले आफुलाइ आधिकारीक नेकपा भएकाे दाबी गर्दै आएका छन् ।

    प्रधानमन्त्री ओली समर्थकहरुले सरकारकाे बचाउ गर्दै आएका छन् भने अर्का पक्षले ओलीकाे कदम प्रतिगामी भएकाे भन्दै देशव्यापी रुपमा निरन्तर विराेध गर्दै आएका छन् ।

    यसै क्रममा प्रचण्ड, नेपाल समुहका युवाहरुले साेमबार चाैतारामा संसद विघटनको चर्काे विराेध गर्दै मशाल जुलुस गरेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीकाे याे कदमलाई प्रतिक्रान्तिको संज्ञा दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस