२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

‘विज्ञसँगको परामर्शपछि परिणाममुखी नतिजा देखिनेगरी काम गर्छु’

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • पुष १३, २०७७
    चौतारा : युवा तथा खेलकुद मन्त्री दावा तामाङले विज्ञसँगको परामर्शपछि युवा तथा खेलकुदको क्षेत्रमा परिणमुखी नतिजा आउनेगरी काम थाल्ने बताएका छन्। आइतबार पदभार ग्रहण गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।

    खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गर्छु उनले भने, खेलकुद क्षेत्रमा परिणाममुखी नजिजा आउनको योजनाका साथ काम अघि बढ्छु।

    नयाँ मन्त्री मण्डलमा सिन्धुपाल्चोकबाट नेकपा केन्द्रीय सदस्य समेत रहेका नेता तामाङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए।

    तत्कालीन माओवादी भित्रको अन्तरसंघर्ष देखिनै रामबहादुर थापा बादलका विश्वास पात्रको रुपमा चिनिन्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस