२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

मन्त्री तामाङकाे पदभार ग्रहण दिउँसो १ बजे

  • २०७७ पौष १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • पुस १२, २०७७
    चाैतारा : नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले आज दिउँसो १ बजे मन्त्री पदकाे पदभार ग्रहण गर्ने भएका छन् । पदभार ग्रहणसंगै आजै नव मन्त्रीको कार्य आरम्भ हुने मन्त्रालय स्रोत जानकारी दिएको छ।

    पछिल्लो बिकसित राजनितिक घटनाक्रम संग प्रधानमन्त्री केपि शर्मा ओलिले शुक्रबार ७ नयाँ मन्त्रीलाई सफत खुवाएका थिए । नयाँ मन्त्री मण्डलमा सिन्धुपाल्चोकबाट नेकपा केन्द्रीय सदस्य समेत रहेका नेता दावा तामाङले युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी पाएका थिए ।

    माओवादी भित्रकाे अन्तरसंघर्ष देखिनै रामबहादुर थापालाई साथ दिदै आएका मन्त्री तामाङ गृहमन्त्री थापाका बिस्वास पात्रकाे रुपमा चिनिन्छन् । ०६४ काे पहिलाे संविधान सभाकाे निर्वाचनमा ३० बर्ष सम्मन एकछत्र राज गर्दै आएका राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई निर्वाचनमा पराजित गर्न सफल तामाङ राजनितिक रुपमाभने पार्टी भित्रै पेलिदै आएका थिए ।

    पार्टी अन्तरसंघर्षमा खराे रुपमा उत्रदै आएका तामाङ कार्यकर्ता र जनस्तरमा सालिन नेताकाे चिनिन्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस