२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

गजल

Thumbnail
  • २०७४ आश्विन २२, आईतबार मा प्रकाशित ७ साल अघि
    • मञ्जरी पुरी

    तिमीसँग छुट्नुपरे जल्दा जल्दै मर्छु होला
    छिया छिया मेरो मुटु चल्दा चल्दै मर्छु होला

    तिर्खाएर, तड्पीएर आँसु झार्दै सिरानीमा
    ननिदाई आधा रातमा ढल्दा ढल्दै मर्छु होला

    यादहरु मडारिदै मस्तिष्कमा घुमेपछि
    नखाएर कम्जोरीले गल्दा गल्दै मर्छु होला

    सपनीमा विपनीमा तिमीमात्रै छाएपछि
    सताएर ऐठनले छल्दा छल्दै मर्छु होला

    कसो गरुँ कता जाउँ आत्तिएर छट्पटीमा
    पीरै पीरले भित्र भित्रै बल्दा बल्दै मर्छु होला
    ०००

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस