२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

मन्त्री दुलालको दाबी : बैशाखमा चुनाव हुँदैन

  • २०७७ पौष ९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • पुष ९, २०७७

    चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले बैशाखमा चुनाव नहुने बताएका छन्। मन्त्री दुलालले सामाजिक सञ्जाल फेशबुकमार्फत् बैशाखमा चुनाव नहुने बताएका छन्।

    उनले सरकारले चुनाव गर्नका लागि नभएर प्रतिनिधिसभा बिघटन गर्न चुनाव घोषणा गरेको दाबी गरेको छन्। निरङ्कुशता लागू भएको अबस्थामा कुनै पनि हालतमा चुनाव स्वतन्त्र चुनाव नहुने जिकिर गरेका छन्।

    प्रतिनिधिसभा बिघटन गर्ने संबैधानिक व्यवस्था नभएकोले सभा जीवितै भएको भनि सर्वोच्च अदालतको संबैधानिक इजलासले फैसला गर्छ र देश संबैधानिक बाटोबाट अगाडि बढ्ने उनले बताएका छन्।

    संबिधानको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज सबै एकै ठाउँमा आउँन आह्वान समेत गरेका छन्।

    संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालत सरकारको गैर संबैधानिक बाटोमा सति गयो भने देशमा निरङ्कुश शासन बढ्दै जान्छ र त्यसका बिरुद्द सबै पक्ष आन्दोलनमा उत्रने स्थिति आऊछ उनले भनेका छन् किनकी निरङ्कुश शाषन शाषक बाहेक सबैको बिरुद्दमा हुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस