- बीरबहादुर खत्री
नेपाल एउटा यस्तो देश हो, बहुभाषिक बहुसंख्यक बहुसंस्कृति भएको देश नेपाल तर यो शब्द इतिहासमा मात्र सिमित हुन्छ कि जस्तो लाग्न थाल्यो । नेपाल एउटा छुट्टै पहिचान भएको देश हो तर दुस्खको कुरा नेपालमा किन आफ्नो मौलिक पहिचान भुल्दै गएका छन् । विशेष गरी हिन्दु धर्मावलम्बीहरुको एउटा आफ्नै पहिचान आफ्नै कला संस्कृति भएको देश हो, तर सबै बिस्तारै हराउँदै गएको छ ।
झन आजभोली गीत संगीत तिर मूल्यांकन गर्ने हो भने कताकता मन खिन्न भएर आउँछ । गीत संगीत न हेर्न लायक छन्, न सुन्ननै लायक छन् । सय प्रतिशतमा अक्लझुक्ल एक दुइटा आउँछन्, सुन्न र हेर्न लायक, बाँकी सबै बिकृती भित्रीएका गीत बजारमा आउँछन् । खै आजभोलि गीत संगीत कस्ता आउन थाले बजारमा बुझ्नै गाह्रो हुन थालेको छ । आजभोलिका गीतले न हाम्रो संस्कार नै बोल्छ न संस्कृति बोल्छ ।
पहिलेका गीत संगीत सुन्दा र अहिलेका गीत सुन्दा आकाश धर्तीको फरक छ । झन् चाड बिशेष निकालिने गीतमा त विकृति मात्रै छ । हाम्रो मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको एउटा छुट्टै पहिचान थियो तर सब हराउँदै गए कहाँ गए ? सिङ्गारु गित खै कता हराए ? मयुर नाच गीत कता गए ? पैस्यारु गीत , सोरठी, झ्याउरे, अनि पश्चिम् र पूर्बतिर गाइने तामाङ सेलो सालैजो जस्ता गीत कता हराए ।
आजभोलीका गीत संगीतमा हिन्दी शब्द घुसाएका छन् । तराईमा रहेका थारु चौधरी, मैथिली भोजपुरी समाजका गीत अनि मगरहरुका मगरखाम भाषाका गीत खै कहाँ गए, न कलाकार नै सचेत छन् न मिडिया नै सचेत छन् । जस्तो पायो त्यस्तै गीत बजाएका छन् अनी बजारमा ल्याएका छन् ।
यस्तै हो भने हाम्रो धार्मिक र संस्कृति धरासयी बन्ला भन्न पनि सकिन्न । न पुरानाले हस्तान्तरण गरे, न नयाँले अंगाले । नेपालको एउटा आफ्नै पहिचान बचाइ राख्न सबै एकजुट हुनुपर्छ । नत्र हाम्रो अस्तित्व हराउने छ ।
प्रतिक्रिया दिनुहोस