पुष ८, २०७७
चाैतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले बजार क्षेत्रका छाडा तथा घरपालुवा कुकुरलाइ रेविज बिरुद्धकाे भ्याक्सिन लगाउन सुरु गरेकाे छ ।
भुस्याहा कुकुरले मान्छेलाई टाेक्ने र तेसबाट संक्रमणकाे खतरा बडेपछि नगरपालिका अन्तर्गतको पशु सेवा शाखाले बुधबार चौतारा बजारमा छाडा छोडिएका कुकुरहरुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको हाे ।
केही समय पहिले देखि बजार क्षेत्रमा कुकुरले मान्छेलाई टोक्ने क्रम बढेपछि नगरपालिकाले सम्भावित संक्रमणलाइ राेक्न यो अभियान सुरु गरेको हो।
नगरपालिकाले दिएकाे जानकारी अनुसार एकै दिन चाैतारा बजारका ४४ भुस्याहा कुकुरलाइ भ्याक्सिन लगाइएकाे छ । रेबिज विरुद्धको भ्याक्सिन लगाइएको कुकुरले टोकिहाले पनि रेबिज लाग्ला भन्ने डर नहुने तर आफुलाई टोकेको कुकुरलाई रेबिज बिरुद्धकाे भ्याक्सिन लगाइएको छ छैन पहिचान गर्न गाह्रो हुने भएकोले कुकुरले टोक्नासाथ तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्ने नगर पशुसेवा प्राबिधिक रविन्द्र सापकोटाले बताए । साथै कुकुरको छेउमा नजान र कुकुरले खाइरहेका बेलामा जिस्क्याउन नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस