२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कस्तो रहन्छ आजको मौसम ?

  • २०७७ पौष ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • पौष ६, २०७७
    चौतारा । सोमबार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाकी मौसमविद शान्ति कँडेलका अनुसार सोमबार बिहान सुदूर पश्चिम र कर्णाली प्रदेशमा मौसम आंशिक बदली रहेको छ। पश्चिमी वायुको प्रभाव रहेकाले यी क्षेत्रको मौसम आंशिक बदली भएको उनले बताइन्। यस्तै, अहिले तराईका अधिकांश भू–भाग र पहाडका केही भू–भागहरुमा हुस्सु तथा कुहिरो लागेको छ।

    बिहानीपखको हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ। देशभर तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन पनि महाशाखाले सबैमा अनुरोध छ ।

    आज बिहान काठमाडौं उपत्यको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस