२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

अरनिको राजमार्ग चीनले डेढ अर्ब लागतमा बनाइदिने

  • २०७७ मंसिर २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २४, २०७७

    चौतारा । २०७२ सालको भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने भएको छ ।

    नेपाल–चीन नाका जोडिने अरनिको राजमार्गलाई चिनियाँ रकम ८० मिलियन युवान (१ अर्ब ४४ करोड २० लाख रुपैयाँ) लगाएर पुनस्र्थापना गरिदिने प्रस्ताव आइतबार प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर बताए ।

    पुनस्र्थापना कार्य उनका अनुसार गर्ने प्रस्ताव चिनियाँ दूतावासमार्फत प्राप्त भएको हो । चिनियाँ सरकारले प्रस्ताव पठाए पनि तत्काल काम थालनी हुने सम्भावना भने छैन । कोरोना महामारीका कारण तत्काल चिनियाँ निर्माण टोली आउने सम्भावना नभएको सडक विभागले जनाएको छ ।

    सडक विभागका अनुसार चीन सरकारले अहिले ४७ किलोमिटरदेखि १ सय १४ किलोमिटरसम्म पुनस्र्थापना गर्ने प्रस्ताव राखेको छ । ‘ पाँचखालदेखि कोदारीसम्म हो । प्रस्तावअनुसार सडकको स्तरोन्नति हुने छैन, र भूकम्प, बर्षाले क्षति पुगेको स्थानमा पुनस्र्थापना गर्ने काम हुनेछ ।

    तत्काल डबल लेनमा स्तरोन्नति नहुने

    चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणमा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति गर्ने एजेन्डा प्रस्तुत गरेको थियो । नेपाल–चीन जोड्ने तातोपानी सीमानाका मितेरीपुल देखि धुलिखेलसम्म डबल लेन कालोपत्रे गर्ने विषय दुई पक्षीय छलफलमा भएको हो ।

    भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिको संयुक्त वक्तव्यमा दुवै पक्षबीच एकपछि अर्को गर्दै अरनिको राजमार्गलाई दीर्घकालीन रूपमा सुधार गर्दै लैजान सहमत पनि भएका थियो । सडक पुनर्निर्माण र स्तरोन्नति गर्ने उल्लेख सहित त्यो काम प्राथमिकताका आधारमा गरिने संयुक्त वक्तव्यमा उल्लेखनिय रहेको छ ।

    सन् १९६० मा याक हिँड्ने बाटोलाई चिनियाँ सहयोग मै सडकमा रूपान्तरण गरिएको हो । अरनिको सडक नेपाल–चीन जोड्ने पहिलो राजमार्ग हो । सिंहदरबार नजिकै माइतीघर मण्डला देखि शुरु हुने यो राजमार्ग कोदारी स्थित मितेरीपुलमा गएर टुंगिन्छने छ ।

    १ सय १२ दशमलव ८३ किलोमिटर कुल लम्बाइको यो राजमार्गको धुलिखेल देखि कोदारी सम्मको दूरी भने ८२ दशमलव ८३ किलोमिटर रहेको छ । वर्ष दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंदेखि धुलिखेलसम्म सडक विस्तार भइसकेका कारण धुलिखेलदेखि कोदारी राजमार्गसम्मको सडक डबल लेनमा स्तरोन्नति गर्ने प्रस्ताव चिनियाँ पक्ष सँग राखेका थिए ।

    तथ्यांकअनुसार सडक विभागले सार्वजनिक गरेको यो वर्षको वर्षाले अरनिको राजमार्गको अधिकांश ठाउँमा क्षति
    पुर्‍याएको छ ।

    बर्षामा राजमार्ग अवरुद्ध हुँदा लामो समय सम्म सडक एक तर्फी सञ्चालनमा छ । अझै केही ठाउँमा वैकल्पिक व्यवस्था गरेर सडक सञ्चालन गरिएको सडक विभागका उपमहानिर्देशक शिवहरि शर्माले बताए ।

    राजमार्गको कोठे, लामासाँघु बाह्रबिसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, चाकु डाकलांक, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टे खोलालगायतका १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्ग अवरुद्ध भएको थियो । अझै पनि सबै ठाउंमा दुबै तर्फ गाडिहरु आवातजावत गर्न मिल्दैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस